झापा / आज देशभर थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

१४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा नौ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ। 

२४ घण्टाको अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन्।