काठमाडौँ / नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो । 

OM Sai Pathibhara Hospital

प्रवक्ता डा. संगीता मिश्राका अनुसार पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । 

एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता मिश्राले बताइन् । 

मिश्राले ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने सङ्क्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेकी छिन् ।