झापा /  स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा अफिसियल तथा खेलाडीहरूले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघले विज्ञप्ति जारी गर्दै पुस २३ गतेदेखि हुने प्रतियोगितामा हेड कोच र म्यानेजर बाहेकलाई खेल हुने मैदानमा मोबाइल नल्याउन आग्रह गरेको छ ।