झापा  / आज देशभर थप २१६ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ५ हजार ९६२ जनाको पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। कुल संक्रमित मध्ये ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ। 

उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्।