विराटनगर / लुथरन सामुदायिक कल्याण समाज रङ्गेलीले कोशी अस्पताललाई भेन्टिलेटर सहित ४२ लाख ७४ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री निशुल्क प्रदान गरेको छ ।

स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रममा सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले  अस्पतालका सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

OM Sai Pathibhara Hospital

कार्यक्रममा  रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानवीय कार्य उदाहरणीय रहेको बताएका छन् । 

यस अघि पनि जोखिममा रहेका मानिसहरूलाई उक्त गरेको मानवीय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यवाद समेत दिए । 

रिजालले मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकिलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस भन्ने शुभकामना दिए । 

संस्थाले कार्यरत रहेका गाउँ पालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरूलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे ।