विराटनगर / प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् ।

पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै कोभिड अस्पतालको एचडियुआइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रदेश सरकारले सञ्चालन गरेको अस्पतालमा अक्सिजन चाहिने र गम्भीर प्रकृतिका संक्रमितलाई उपचार सेवा उपलब्ध छ । 

मन्त्री कार्कीले भने, भित्र चिकित्सकहरू नजाने गरेको, उपचारमा हेलचेक्र्याइँ हुने गरेको बाहिरबाट गुनासो आउने गरेको थियो त्यही भएर आफै अवस्था बुझ्न गएको हुन ।

कार्कीले उपचारमा कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र फेरि ओमीक्रोन संक्रमण बढ्न सक्ने देखिएकोले  अस्पतालको व्यवस्थापन लगायतका विषयमा छलफल गरी जानकारी दिएको मन्त्री कार्कीले बताए ।

कोशी कोभिडमा एक सय बेडसहित आइसीयुभेन्टीलेरको समेत सुविधा छ ।‌ अहिले अस्पतालमा उपचार गर्नु पर्ने बिरामीको लागि कोशी कोभिडमा मात्र सेवा उपलब्ध छ ।