काठमाडौँ  / अमेरिकामा कोभिडका नयाँ सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । 

मङ्गलबारसम्म पछिल्लो एक सातामा औसतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्याङ्कमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरूले बताएका छन् ।

OM Sai Pathibhara Hospital

अहिले पनि अमेरिकामा सङ्क्रमणका कारण औसतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने बिरामीको संख्या न्यून भएपनि यसको संक्रमण दर भने तीव्र छ ।