काठमाडौं, / पछिल्लो २४ घण्टामा २०९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ६ हजार ४३३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एक हजार १७५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा २५३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ ।

देशभर अहिलेसम्म चार हजार ४६४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।