काठमाडौँ /  फ्रान्समा एकै दिन ठूलो सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् । युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको छ ।

OM Sai Pathibhara Hospital


फ्रान्स बाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रिस पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा संक्रमित भेटिएका छन् । 

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको संख्या २ लाख ५० हजार नाघ्न सक्ने र अधिकांश अस्पताल कोभिडका बिरामीले भरिसक्ने बताएका छन् ।

यसैबीच सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। फ्रान्समा अहिलेसम्म २ करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाइसकेका छन् ।