काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोना को नयाँ भेरियनट ओमिक्रोनको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको छ । एकैदिनमा १३५ संक्रमित बढेका छन् भने कुल सङ्क्रमितको संख्या बढेर ६७० पुगेको छ । 

गोवा र मणिपुर भारतकै दुई राज्यमा सोमबार दुई जना संक्रमित भेटिएका छन् । ओमिक्रोन हालसम्म भारतका २० राज्य र केन्द्र शासित प्रदेशमा फैलिसकेको छ ।

OM Sai Pathibhara Hospital

दिल्लीमा ओमिक्रोनको सर्वाधिक संक्रमित ६३, महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका छन् । ओमिक्रोनको खतरालाई मध्यनजर गर्दै सोमबार संसारभरि २,१०० फ्लाइटहरु रद्द भएका छन् ।

संसारभरि सोमबार करिब २१०० उडान रद्द भएका छन भने अमेरिकाले मात्रै ७०० उडान रद्द गरेको छ । रिपोर्टका अनुसार क्रिसमसको छुट्टीका बेला शनिबार र आइतबार अमेरिकाको २३ सय उडान रद्द भएका छन् । संसारभरि ओमिक्रोनको खतरा बढेसँगै यतिबेला ३५०० उडान रद्द भएका  छन् । ।