झापा  / कोरोना सङ्क्रमणबाट आज  देशभरमा थप एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना  सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ७१ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै, आज २ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८ सय ८६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।