झापा / आज देशभर थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

२४ घण्टामा ९ हजार ६७७ जनाको नमुना परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

कोरोनाका बिरामीमध्ये ७१ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।