झापा  / देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

६ हजार चार सय ४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार उक्त अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन्। 

कोरोनाका कारण देशभर आज थप १ जनाको मृत्यु भएको छ भने हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।