झापा  / पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ४९ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकमा ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८२ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

शुक्रबार ११ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ हजार ६० जनाको पी सी आर र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।