काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेन्ट पुष्कर नेपाललाई सरकारी सेवाबाट हटाएको छ ।

दक्षिणकाली स्वास्थ्य चौकीमा अधिकृत छैटौँ तहका नेपाललाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयले लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको गत २७ मङ्सिरमा प्राप्त परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०७३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड – ख ० को १ बमोजिम सेवाबाट हटाएको जनाएको छ ।