बिर्तामोड / आज देशभर थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७२ जना निको भएका छन्। मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्‍मा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

OM Sai Pathibhara Hospital

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४ सय ३३ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय ७९ पुगेको छ भने ८ लाख ९ जहार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन्।