बिर्तामोड / प्रदेश एकमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ४०९ जनाको पीसीआर परीक्षण गरीएकोमा १३ र ८० जनाको एन्टिजेन परीक्षण  गरीएकोमा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ  । मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो । 

OM Sai Pathibhara Hospital

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।