बिर्तामोड / आज देशभर थप २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  १२ हजार ४सय७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै, चार हजार ६सय १६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा २सय ३२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५सय ७७ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार २सय ४२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।