झापा / आज देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने, योसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ जना पुगेको मन्त्रालयले जनाएको छ । 

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ।

अतिक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १५५ जना निको भएका छन् भने मृतकको कुल संख्या निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।