झापा / आज देशभर १८१ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर ४ हजार ८३१ जनाको पीसीआर र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

योसँगै कुल सङ्क्रमितको संख्या ८ लाख २५ हजार ७८४ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार २७१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ। 

उक्त अवधिमा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्।