पछिल्लो / समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमणको दर पुनः बढ्न थालेको छ ।  गत मङ्सिरको अन्तिम सातासम्म सङ्क्रमण दर घटेपनि अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।  स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । 

नयाँ सङ्क्रमित थपिएका मध्ये अधिकांश धनुषाकै रहेको  निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ३४ बाट ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिएका छन् । ती मध्ये ६२  होम आइसोलेसनमा रहेका छन् भने तीन जना चिकित्सकको निगरानीमा छन् । 

OM Sai Pathibhara Hospital

प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेका छन् भने धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।