झापा / सरकारले आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउँदैछ ।

मोर्डना खोपको पहिलो मात्रा आज (आइतबार) देखि १४ गतेसम्म लगाइने मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रले जानकारी दिइन् ।

OM Sai Pathibhara Hospital

उनका अनुसार १ नम्बर प्रदेशका दश जिल्लासहित ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । 

प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । 

यस्तै प्रदेश नं २ का पाँच जिल्ला, वाग्मती प्रदेशको सात, गण्डकीका नौ, लुम्बिनीका नौ, कर्णालीका नौ र सुदूरपश्चिमका सात जिल्लाका विद्यार्थीलाई खोप लगाइँदै छ । 

उक्त जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ । 

यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ ।

यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।