झापा  / आज देशभर थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ।

उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ भने योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको मन्त्रालयले जनाएको छ।