झापा / आज देशभर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ। उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०४ जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।