काठमाडौं / पछिल्लो २४ घण्टामा १६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार २३० जनामा आर टी पी सी आर परीक्षण गरिएकोमा १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै, तीन हजार ७८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार ५२६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।