झापा / आज देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

पीसीआरएन्टीजेन गरी कुल सङ्क्रमितको संख्या ९ लाख २० हजार ८८९ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ५ हजार ६३५  सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घण्टामा देशभर ६ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ पुगेको  मन्त्रालयले जनाएको छ।