झापा / आज देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ४१६ जनाको पीसीआर  र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने योसँगै मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५७ पुगेको छ । 

आज ३७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख सात हजार एक सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।