झापा  / आज देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

गत २४ घण्टामा ३०७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ। उक्त अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।