झापा / झापाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालले २४ वर्षीय एक युवकको आँखामा लागेको गम्भीर प्रकृतिको चोटको सफल शल्यक्रिया गरेको छ । 

ताप्लेजुङको आठराई गाउँपालिका –१ घर भएका कमल श्रेष्ठको आँखामा लागेको गम्भीर प्रकृतिको चोटको बीएण्डसीले सफल शल्यक्रिया गरेको हो । 

OM Sai Pathibhara Hospital

अति विपन्न परिवारका श्रेष्ठ म्याग्दीको एक हाइड्रोपावरमा काम गर्थे । काम सकेर फर्कदै गर्दा भीरबाट खसेको ढुंगाले लागेर उनको आखाँ र टाउकोमा गम्भीर चोट लागेको थियो । 

हाइड्रोपावरले उनको स्थानीय अस्पतालमा उपचार गरायो । तर, उनको आखा निको हुन सकेन । उनले उपचार गरेको अस्पतालले काठमाडौँको बाँसबारी स्थित न्युरो अस्पतालमा रेफर गर्‍यो । 

न्युरो अस्पतालले ११ लाख रुपैयाँ खर्च लागेपनि उपचार सम्भव नहुने बताएपछि श्रेष्ठलाई गत मंसिर १२ गते झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । 

श्रेष्ठको उपचारमा डा. करुणा ताम्राकारको नेतृत्वमा डा. रबिन भट्टराई र डा. दिनेश थापा संलग्न थियो । श्रेष्ठको उपचारमा संलग्न न्युरो डिपार्टकी प्रमुख डा. करुणा ताम्राकारले बीएण्डसीले सुरु गरेको न्युरो सम्बन्धी नयाँ पद्धतिको कारण बिना चिरफार आखाँको उपचार सफल भएको जानकारी दिइन् । 

डाक्टर करुणाका अनुसार ११ दिनको उपचार पश्चात् कमल डिस्चार्जको तयारीमा छन् ।