झापा / आज देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर ६ हजार चार सय ७२ जनाको पिसिआर र चार हजार १५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

नेपालमा हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ।