झापा / आज देशभर २११ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ८ हजार १८ पीसीआर र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

पीसीआरएन्टीजेन गरी कुल सङ्क्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा २ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।