झापा  / कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ५७ मुलुकमा फैलिएको छ । 

बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । 

OM Sai Pathibhara Hospital

ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओले भन्यो, –‘डेल्टा जत्तिकै वा सोभन्दा कम गम्भीर हुने देखिए पनि थप मानिस संक्रमण भएको अवस्थामा अस्पताल भर्ना हुनेको संख्या बढ्ने अपेक्षा गरिएको छ ।’

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भने भारतमा यसबाट सङ्क्रमितको हुनेको संख्या २१ पुगेको छ ।

त्यस्तै, धेरै मुलुकहरूले अन्तर्राष्ट्रिय हवइ उडानमाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् भने नेपालले समेत हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।