झापा / आज देशभर थप २८० जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ९ हजार १६८ पीसीआर र ३ हजार ६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

पीसीआरएन्टीजेन गरी कुल सङ्क्रमितको संख्या ९ लाख १९ हजार ४४ जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ३७७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार ५७१ पुगेको छ। 

आज २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ।