बिर्तामोड / सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ। अमेरिकाबाट प्राप्त कोरोना विरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपाल आएको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ। हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको बताइएको छ। सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो।

OM Sai Pathibhara Hospital

मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्री सम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको महाशाखाले जनाएको छ। मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ।