झापा / आज देशभर थप २६५ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन्। 

यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ। उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।