झापा / नेपालमा पनि ओमिक्रोनको संक्रमण दुई जनामा पुष्टि भएको छ । 

पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा दुई जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आज सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट कोमिक्रोनका दुई जना संक्रमित फेला परेको बताएका हुन् । 

गत मंसिर ३ गते ओमिक्रोन भेटिएको देशबाट नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भएको सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका दुवै जनाको कोरोना परीक्षण गत मंसिर ७ गते गरिएको थियो ।