बैतडी / बैतडीमा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । 

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि भारतबाट नेपाल आएकाहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

कोरोनाको नयाँ ओरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । 

झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरूले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोना विरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ ।