झापा / आज देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनको संख्या ११ हजार ५४१ पुगेको मन्त्रालयले जनाएको छ।