झापा / आज देशभर थप २३८ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ३९२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ। उक्त अवधिमा ५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०६ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।