झापा /  नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम बढेको छ ।  


छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेसँगै यसको जोखिम नेपालमा पनि बढेको हो । 

OM Sai Pathibhara Hospital

जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । 

अन्य देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाए पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कता समेत देखिँदैन ।

भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् ।

अन्य नाकामा विगतमा संक्रमण फैलँदा जस्तो सुरक्षाकर्मीले कडाइ नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ ।विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जोखिम पनि बढेको छ ।

भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ ।