एजेन्सी  / कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भेरियन्ट श्रीलंकामा पनि देखिएको छ । 

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको ओमिक्रोन भाइरस श्रीलङ्कामा पनि देखापरेको श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका आएका एक व्यक्तिमा ओमिक्रोन भाइरस देखिएको हो । 

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरूले बताएका थिए ।

उक्त भाइरस हाल विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेकाे छ ।