पर्वत  / बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षक गरी एकैपटक ३० जनामा कोभिडको संक्रमण पुष्टि भएको छ । 

बागलुङ नगरपालिका –१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । 

OM Sai Pathibhara Hospital

कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरूको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो । 

१०० नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् ।

वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए ।