झापा / आज देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ। कुल संक्रमित मध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ।

आज कोरोनाका कारण कुनै सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।