काठमाडौँ  / सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान नागरिकलाई आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र विस्तार भएको बताउँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सहप्रवक्ता अधिकारीले सबै नागरिकलाई सचेत र जिम्मेवार बनी संक्रमण रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका छन् । 

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेपनि उक्त भेरियन्ट भित्रिन नदिन आवश्यक निगरानी तथा परीक्षणको दायरालाई समेत फराकिलो पारिएको डा. अधिकारीले बताए ।

health-noticed