एजेन्सी  / कोरोनाको नयाँ संक्रमण ओमिक्रोन भाइरसको जोखिम बढ्न थालेपछि अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । 

ओमिक्रोन भाइरसको सङ्क्रमण रोकथामका लागि भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । 

OM Sai Pathibhara Hospital

अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुने गरी पर्यटक बाहेक अन्यका लागि बोर्ड खुल्ला गरेको थियो तर कोरोना भाइरसको नयाँ संक्रमण देखा परेपछि पुनः डिसेम्बर १५ सम्मका लागि विद्यार्थीलाई प्रवेशमा रोक लगाएको हो । 

त्यस्तै जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुने गरी विदेशीका लागि पर्यटक भिसा बाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो । 

तर, फेरी कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनको जोखिम बढेको भन्दै सोमबार साँझदेखि लागू हुने गरी सबै प्रयोजनका लागि जापान जाने तयारीमा रहेकालाई रोक लगाइएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष पाण्डेले बताए ।