बिर्तामोड / आज देशभर थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ४ हजार ३२९ पीसीआर र २ हजार १४० जनाको एन्टीजेन परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ३६६ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९३१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५६  जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर २ लाख ११ हजार ५५३जनाले कोरोना  विरुद्धको खोप लगाएका छन्।