झापा / आज देशभर थप १५८ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । 

आठ हजार ९१८ जनामा आरटी पीसीआर परीक्षणमा १५८ र दुई हजार ३१४ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ६११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।