दमक / शनिबार कोशी नदीमा हाम फालेर एक स्वास्थ्यकर्मीले आत्महत्या गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत झापाको दमक नगरपालिका –६ का सुवास नेपालले शनिबार सप्तकोसी ब्यारेजको ५२ ढोकाबाट हाम फालेका थिए ।

हामफालेको ठाउँदेखि केही पर उनको शव बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनले आत्महत्या गर्नकाे कारण भने नखुलेकाे काफ्लेले बताए ।