झापा / आज देशभर आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २० हजार ७२४ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार १५६ जना सक्रिय संक्रमित छन्। 

उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।