काठमाडौँ / दक्षिणदक्षिण अफ्रिका सहितको अन्य मूलुकहरुमा कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नेपालले पनि रोकथामको पूर्वतयारी थालेको छ । 

दक्षिक अफ्रिकामा पहिलोपटक पुष्टि भएको कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोनको संक्रमण नेपालसँग सीधा उडान भएको हङकङमा पनि पुष्टि भएपछि नेपालले पूर्वतयारी थालेको हो । 

OM Sai Pathibhara Hospital

पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने बताएका छन् ।

मन्त्री आलेले भने, – ‘धेरै देशहरूले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएको स्थिती छ । यो परिस्थितिमा हामी कसरी अघि बढ्ने भन्नेबारे प्रधानमन्त्रीज्यूसँग छलफल गर्नेछु ।’

डब्लुएचओले पनि ओमाइक्रोन भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’को सूचीमा राखेको छ । 

हङकङमा ओमाइक्रोन भेरिएन्ट दुई जनामा पुष्टि भएको र संक्रमितको सङ्ख्यामा वृद्धि भए हङकङसँगको उडान रोक्ने तयारी भैरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण र  सीमा नाकामा समेत कडाइ गरिने भएको छ ।

नयाँ भेरिएन्टको बारेमा छलफल गर्न गर्न आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेश्वर न्योपानेको नेतृत्वमा कोभिड –१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) को बैठक बस्ने भएको छ ।